PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

मध्यपुरथिमि–४ मा मिश्रित परिणाम



रासस

मध्यपुरथिमि–४ मा मिश्रित परिणाम

भक्तपुरः भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ को परिणाम मिश्रित आएको छ । मतगणनाको अन्तिम नतिजाअनुसार मध्यपुर थिमि नगरपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका कुमार श्रेष्ठ विजयी भएका छन् भने सदस्यहरुमा भने नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । 

वडाध्यक्षमा कांग्रेसका कुमार श्रेष्ठ एक हजार ६०३ मत प्राप्त गरेर विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण पाते श्रेष्ठ एक हजार ३८५ मत गरे । सदस्यहरुमा एमालेका रामकेशरी श्रेष्ठ, उमेश श्रेष्ठ र सुन्दरलाल श्रेष्ठ विजयी भएका छन् । 

यसैबीच, मध्यपुर थिमिको नौमध्ये चार वडाको मतगणना सकिंदा प्रमुखमा एमालेले अग्रता हासिल गरेको छ । यसअघि कांग्रेसका उम्मेदवार अष्ट कवेँले अग्रता लिइरहेकामा वडा नं ४ को मतगणना सकिंदा नेकपा एमालेका मदनसुन्दर श्रेष्ठले अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणामअनुसार एमालेका मदनसुन्दर श्रेष्ठले ६ हजार २७३ मत प्राप्त गरेक छन् भने कांग्रेसका कवेँले चार हजार ९७५ मत प्राप्त गरेका छन् । 
त्यसैगरी, उपप्रमुखमा भने कांग्रेसका अञ्जना मधिकर्मीले अग्रता कायम राखेकी छन् । उनले पाँच हजार ४०७ मत प्राप्त गरेकी छन् भने नेपाल मजदुर किसान पार्टीका केदार खड्काले तीन हजार ४३५ मतले मधिकर्मीलाई पछ्याइरहेका छन् । रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell