PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

ट्राफिक नियम सिकाउँदै डिआइजी लामा सडकमा 



पहिलोपोस्ट

ट्राफिक नियम सिकाउँदै डिआइजी लामा सडकमा 

काठमाडौंः जथाभावी बाटो काट्ने पैदल यात्रुलाई जरिवाना गर्ने व्यवस्था दुई हप्ता पर सरेको छ । पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणता भइरहेकाले जेठ १६ गतेबाट मात्र लागू हुने महानगरीय ट्राफिक महाशाखा प्रमुख प्रहरी नायब महानिरीक्षक मिङमार लामाले बताए। उनले भने ‘अहिले निर्वाचनको समय चलिरहेकाले केही सातापछि सरेको हो।’

जेठको १६ गतेबाट जथाभावी बाटो काटेमा पैदल यात्रीलाई दुई सय रुपैयाँ जरिवाना गरिने र जरिवाना तिर्न पैसा नभए केही समय प्रहरीको नियन्त्रणमा राख्ने लामाले बताए। यसअघि जेठ १ गतेदेखि यो नियम लागु हुने भनिएको थियो ।

उनले भने,‘दुर्घटना भई मृत्यु हुनेमा ४० प्रतिशत पैदल यात्रु भएकाले त्यसलाई न्यूनिकरण गर्न नो हर्न र पैदल यात्रीलाई फुटपाथबाट हिंडाउने वा आकाशे पुलबाट बाटो काट्न सचेत गराउन यो नियम ल्याएका हौँ।’ पैदल यात्रुले आकासे पुल र जेव्रा क्रसिङबाट बाटो काटौं भन्ने सचेत गराउन डिआइजी लामा अहिले आफैं सडकमा पुगे सचेत गराइरहेका छन् । 

वैशाख १ गतेबाट लागू भएको नो हर्नलाई अटेर गर्ने २ हजार भन्दा बढीलाई ट्राफिक प्रहरीले कारबाही गरिसकेको छ। 
उपत्यकाका सडकमा अहिले दैनिक ११ लाख सवारी साधन गुड्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell