PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

चार महानगरसहित ४२ स्थानको मतपरिणाम आउन बाँकी, मतगणना जारी



पहिलोपोस्ट

चार महानगरसहित ४२ स्थानको मतपरिणाम आउन बाँकी, मतगणना जारी

काठमाडौँ : आइतबार सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आइरहेको छ। प्रमुख चार महानगरको मतगणना भइरहेको छ। बुधबारसम्म निकै सुस्त रहेको गणना बिहीबारदेखि केही तीव्र बनाइएको छ। 

अब काठमाडौँ महानगरसहित काठमाडौँका सात नगरको मतपरिणाम सार्वजनिक हुन बाँकी छ। यस्तै, ललितपुर महानगर एक नगरको मतपरिणाम आउन बाँकी छ। भक्तपुरका चार नगरपालिकाको मतपरिणाम आउन बाँकी छ।

चितवनको भरतपुर महानगरपालिकासहित चारवटा नगरको परिणाम आउन बाँकी छ। 

पोखरा लेखनाथ महानगरको मतगणना पनि भइरहेको छ। काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, सुर्खेत, कालिकोट, सल्यान, मुगु, हुम्लाका केही स्थानबाट नतिजा आउन बाँकी छ।  

४२ मध्येमा नै दोलखाको मेलुङ र कालीकोटको नरहरिनाथ गाउँपालिकामा भने दोस्रो चरणको चुनाव हुनुपर्नेछ। 
 

काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका
काठमाडौं काठमाण्डौ महानगरपालिका
काठमाडौं कीर्तिपुर नगरपालिका
काठमाडौं गोकर्णेश्वर नगरपालिका
काठमाडौं चन्द्रागिरी नगरपालिका
काठमाडौं तारकेश्वर नगरपालिका
काठमाडौं नागार्जुन नगरपालिका
काठमाडौं बुढानिलकण्ठ नगरपालिका
काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका
काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका
काभ्रेपलाञ्चोक पनौती नगरपालिका
काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका
कास्की पोखरा लेखनाथ महानगरपालिका
चितवन कालिका नगरपालिका
चितवन खैरहनी नगरपालिका
चितवन भरतपुर महानगरपालिका
चितवन रत्ननगर नगरपालिका
चितवन राप्ती नगरपालिका
दोलखा मेलुङ गाउँपालिका
धादिङ गजुरी गाउँपालिका
धादिङ निलकण्ठ नगरपालिका
नुवाकोट पञ्चकन्या गाउँपालिका
नुवाकोट बेलकोटगढी नगरपालिका
भक्तपुर चाँगुनारायण नगरपालिका
भक्तपुर भक्तपुर नगरपालिका
भक्तपुर मध्यपुर थिमी नगरपालिका
भक्तपुर सूर्यविनायक नगरपालिका
मकवानपुर हेटौडा उपमहानगरपालिका
लमजुंग रार्इनास नगरपालिका
ललितपुर महालक्ष्मी नगरपालिका
ललितपुर ललितपुर महानगरपालिका
सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका
सिन्धुपाल्चोक र्इन्द्रावती गाउँपालिका
हुम्ला खार्पुनाथ गाउँपालिका
मुगु सोरु गाउँपालिका
कालिकोट कालिका गाउँपालिका
कालिकोट नरहरिनाथ गाउँपालिका 
सुर्खेत चौकुने गाउँपालिका
सुर्खेत पञ्चपुरी नगरपालिका
सुर्खेत बीरेन्द्रनगर नगरपालिका
सुर्खेत भेरीगंगा नगरपालिका
सल्यान शारदा नगरपालिका

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell