
काठमाडौं : फ्राइडे रिलिज अन्तर्गत आज एक नेपाली र एक बलिउड फिल्म रिलिज भएका छन्।
अनिल योन्जन र छुल्ठिम गुरुङले बनाएको नेपाली फिल्म डायरी र बलिउड फिल्म हाफ गर्लफ्रेण्ड आजदेखि प्रदर्शनमा बएका हुन्। दुवै फिल्म रोमान्टिक लभस्टोरी जानराका हुन्।
अनिल योन्जले नै निर्देशन गरेको डायरीमा रेखा थापा, छुल्ठिम र सन्नी पुनको अभिनय रहेको छ। फिल्ममा कथा तथा लेखन छेतन गुरुङको रहेको छ।
यस्तै चेतन भगतको चर्चित उपन्यास हाफगर्लफ्रेण्डमा आधारित रहेर बनाइएको बलिउड फिल्म हाफ गर्लफ्रेण्डलाई मोहित सुररीले निर्देशन गरेका हुन्।
फिल्ममा अर्जुन कपुरले माधव झा र श्रद्धा कपुरले रिया सोमानीको भूमिकामा अभिनय गरेका छन्।