काठमाडौँ : निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणना जारी रहँदा हालसम्म ५ हजार ९ सय ६० प्रतिनिधि निर्वाचित भएको जनाएको छ। आयोगले १ सय ६१ स्थानीय तहको मतपरिणाम औपचारिक रुपमा जानकारी प्राप्त भएको उल्लेख गरेको छ।
'शुक्रबार बिहान १० बजेसम्ममा १ सय ६१ स्थानीय तहको मतगणना कार्य समाप्त भई उम्मेदवारहरूको विवरण प्राप्त भएको छ', आयोगले भनेको छ।
जसमा नगरप्रमुख वा अध्यक्ष १६१, उपाध्यक्ष/उपप्रमुख १६१, वडाध्यक्ष १ हजार ३२२, वडा सदस्य २ हजार १९२, महिला सदस्य १ हजार ९५ र दलित महिला सदस्य १ हजार ३० निर्वाचित भएको आयोगको विज्ञप्तीमा उल्लेख छ।