PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

भक्तपुर ६ र ७ मा नेमकिपा, सूर्यविनायक ४ मा एमाले विजयी



रासस

भक्तपुर ६ र ७ मा नेमकिपा, सूर्यविनायक ४ मा एमाले विजयी

भक्तपुरः भक्तपुरको सूर्यविनायक नगरपालिका–४ को वडाध्यक्षसहितको प्यानलमा एमालेले जित हासिल गरेको छ । 

वडाध्यक्षमा एमालेका उम्मेदवार उत्तम थापा एक हजार ४४३ मत ल्याएर विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवीप्रसाद न्यौपानेले एक हजार ४४ मत प्राप्त गरेका छन् । 

एमालेबाट महिला सदस्यतर्फ तारा सापकोटा खतिवडा, दलित महिला सदस्य पम्फा परियार, सदस्य राजु लुबञ्जार श्रेष्ठ र देवलाल राजथला विजयी भएका छन् । 

त्यसैगरी, भक्तपुर नगरपालिका–६ र ७ मा नेपाल मजदुर किसान पार्टीको प्यानल विजयी भएको छ । भक्तपुर नगरपालिका–६ मा अध्यक्षमा नेमकिपाका हरिराम सुवालसहितको प्यानल विजयी भएको छ । सुवालले दुई हजार ५३० मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रमेश राजचलले ३४३ मत प्राप्त गरेका थिए । 

महिला सदस्यमा रोशनमैयाँ सुवाल, दलित महिला सदस्यमा सीतादेवी नेपाली, सदस्यहरुमा गाविन्द दुवाल र सिद्धिराम अवाल विजयी भएका छन् ।

भक्तपुर नगरपालिका–७ को वडाध्यक्षमा नेमकिपाको उकेश कवाँको प्यानल विजयी भएको छ । कवाँ तीन हजार नौ मत प्राप्त गरी विजयी भएका हुन् भने निकटतम प्रतिद्वन्द्वी एमालेका शिवलाल बालाश्रेष्ठले ७७६ मत प्राप्त गरेका छन् । महिला सदस्यमा रञ्जना त्वाती, दलित महिला सदस्यमा रजनी कपाली, सदस्यहरुमा हरिरत्न गोर्खाली र हेरा ख्याजू विजयी भएका छन् । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell