PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

पोखरा १० मा कांग्रेसको प्यानल विजयी



पहिलोपोस्ट

पोखरा १० मा कांग्रेसको प्यानल विजयी

पोखराः पोखरा महानगरपालिकाको वडा नम्बर १० मा अध्यक्षसहित नेपाली कांग्रेसको प्यानलनै विजयी भएको छ।
कांग्रेसका उम्मेदवार राजकुमार गुरुङ १ हजार ४ सय ४६ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन्। प्रतिद्वन्द्वी एमालेका महेन्द्रकुमार गुरुङले १ हजार  २० मत प्राप्त गरेका छन्। 

त्यस्तै, दुई खुल्ला सदस्यमा कांग्रेसकै दीपकबहादुर थापा र सम्वरबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । थापा १ हजार ३ सय ५२ र श्रेष्ठ १ हजार २ सय ६९ मत ल्याएर विजयी भएका हुन् ।

महिला सदस्यमा कांग्रेसकी निशा मल्ल १ हजार ३ सय ३१ मत प्राप्त गर विजयी भइन् । दलित महिला सदस्य प्रतिमा बिक पोखरेल १ हजार २ सय ४८ मत प्राप्त गरी विजयी भएकी छिन्।

कांग्रेसले पोखरा लेखनाथ महानगरको पाँच वटा वडामा प्यानलसहित जित हात पारेको छ । यसअघि कांग्रेसले २, ३, ४ र ९ नम्बर वडामा प्यानलसहित जित हात परेको थियो । त्यस्तै, वडा नम्बर ६ को अध्यक्षमा पनि कांग्रेस उम्मेदवार विजयी भएका छन् ।

एमालेले वडा नम्बर १, ५ र ७ मा प्यानलसहित जित हात पार्दा ८ मा वडाध्यक्ष जितिसकेको छ । महानगरको ३३ वडा मध्ये अहिलेसम्म १० वटा वडाको मात्रै मतगणना सकिएको छ । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell