कान्तिपुरमा गर्मी बढ्दै थियो। गर्मी बढ्नु अघि नै शहरका युवतीहरुले छोटा कपडाको पहिरन शुरु गरिसकेका थिए। गर्मीकै प्रभाव थियो कि कनिका आज बडो छरितो पोशाकमा आएकी थिइ अफिस। हट प्यान्ट र स्लीभलेस सर्ट। पारदर्शी सर्ट र ब्रेजियरले उसको वक्षलाई टाइट बनाएको देखिएपनि वास्तवमा उसको छातीको माथिल्लो भाग र कर्भ देखिएको थियो। उसलाई देख्नासाथ विभूषन झस्किएको थियो। केटीहरुलाई अलिकति खुला पहिरनमा देख्दा ऊ झस्किन्थ्यो र लाज मान्थ्यो। बडो अनौठो केटो थियो। भर्खरै काम गर्न आएको रिपोर्टर।
कनिका अफिसमा बसेर साथीहरुसँग जिस्किदै थिइ। उसको मूड न्यूजमा थिएन। कुन वडाबाट कति भोट पाएर कसले जित्यो भन्ने कुरामा पनि उसको कुनै इन्ट्रेष्ट थिएन। उसलाई यो समय कुनै लक्कादार केटासँग छिल्लिएर बिताउन मन लागेको थियो। उसले चारैतिर हेरी। साथीभाइहरु सबै काममा व्यस्त थिए। उसले झलक्क देखी विभूषनका आँखा उसको वक्षमा एकोहोरिएका थिए। उसले माइण्ड गरिन । मनमनै आफैसँग भनी, ‘बछडा इन्ट्रेष्टिङ होला जस्तो छ।’
‘होल इन दि मिण्ट’ कनिकाले आफनो ब्यागबाट पोलोको प्याकेट निकाली र एउटा बीचमा प्वाल परेको मिण्ट मुखमा हाली । त्यसपछि साथीहरुलाई सोधी, ‘एनी बडी होल?’
उसको प्रश्न सुनेर साथीहरु गललल हाँसे। कनिकाले अफेण्डेड फील गरी। ‘ह्वाइ आर लफिङ यू इडियटस ?’ ऊ बोली, ‘आइ एम आस्किङ इफ यू पीपल केयर फर दि होल इन दि मिण्ट। आइ एम नट आस्किङ यू गाइज अबाउट...’
कनिकाको जोडदार प्रतिक्रियाले काम पनि जोडदार गर्योि। केटाहरु खूब रमाए। सुदिप्ती अफिसमा थिइन। ऊ दोस्रो चरणको चुनावका लागि सरकारले गरेको सुरक्षा प्रबन्धबारे गृह सचिवको इन्टरभ्यू लिन सिंहदरवार गएकी थिइ। त्यो इन्टरभ्यू लिन जो गएको भए पनि हुन्थ्यो। तर, त्यहाँको एकजना सुरक्षा अधिकृतले उसलाई आकर्षित गर्न थालेको थियो।
सुदिप्ती अफिसमा भएको भए हाँसो ठट्टा सुनेर या त रिसाउँथी या आफू पनि साथीहरुसँगै हाँस्न थाल्ने थिइ। साथीहरुले ऊ छिटै आउने सोचेका थिएनन्। काममा लागेपछि सुदिप्ती त्यसैमा डुव्छे।
कनिका चेयरबाट हाइ गर्दै उठी। त्यसपछि हलुका आङ तानी। आङ तान्दातान्दै उसको आँखा विभूषनको आँखासँग जुध्यो। विभूषन काम गर्न थालेको लामै टाइम भैसक्यो। उसले कनिकालाई त्यसरी कहिल्यै हेरेको थिएन। उसले विभूषनलाई इशारा गरी र बाहिर निस्किइ। ऊ चुरोट तान्न नपाएर छटपटाएकी थिइ।
अफिसको बरण्डाको एक सुरमा स्मोकिङ च्याम्वर थियो भने अर्को सुरमा थियो वासरुम। विभूषन कोठाबाट बाहिर निस्कियो र सरासर वासरुमतिर लाग्यो। वासरुमबाट निस्केर ऊ सरासर कनिकातिर आयो र भन्यो, ‘यू आर लुकिङ सुपर सेक्सी। ग्रेट।’
कनिका मसक्क मस्किइ ।
विभूषन फेरि बोल्यो, ‘कस्तो किस गरौं गरौं जस्तो इमोसन आएको।’
जवाफमा कनिका बोली, ‘गर न । तिमीलाई कसले रोकेको छ र?’
एकैछिनपछि कनिका र विभूषन अफिसबाट निस्किए। निस्किनु अघि कनिकाले सुदिप्तीको सहायक स्वातिलाई भनी, ‘बछडा लिएर हिंडेकी छ भनिदिनु है।’
विभूषनले गाडी निकाल्यो पार्किङबाट । सोध्यो, ‘कुन टर्न लिउँ ?’
‘जुन टर्न लिन मन लाग्छ त्यही लिऊ’, कनिकाले जवाफ दिइ। विभूषन हात्तीवनतिर लाग्यो। उनीहरु एउटा होटलको बारमा पुगे। बारको नाउँ रमाइलो थियो, ‘इमोसनल।’
उनीहरु बारमा सुविधाजनक ढंगले बसे। कनिका आफ्नो आइफोनमा इलेक्सन अपडेट हेर्न थाली। कान्तिपुरमा दुई ठूला पार्टीको बीचबाट एउटा सानो पार्टीकी उम्मेदवार रन्जु अगाडि बढ्दै थिइन। भरतपुरमा प्रधानमन्त्रीकी छोरीको स्थितिमा कहिले सुधार हुन्थ्यो, कहिले गडबडाउँथ्यो। मतगणनामा लागेकाहरु भन्दै थिए अझै १० दिन लाग्दछ सबै गनेर सकिन।
कनिकाले अर्डर गरी, ‘मोजिटो, लि’ल स्ट्रङग।’
विभूषनले त्यही रोज्यो। ऊ कनिकासँग झण्डैझण्डै टाँसिएर यसरी बसेको थियो कि कनिका उसको गर्लफ्रेण्ड हो। कनिकाले उसको मनोभाव बुझेकी थिइ ।
‘बछडा’ विभूषनको कपाल सुम्सुम्याउँदै कनिका बोली। मिण्टको पातमा मोजिटो चुर्लुम्म डुबेको थियो।
(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)
यो सिरिजका थप गाथा
कुलमानमा कनिकाको आँखा
अदालतमा कनिका
कनिकाको मधेश यात्रा
कान्तिपुर मेयरमा बाबुराम
कनिकाको नयाँ वर्ष
महाराज महारानीको भोजमा राष्ट्रपति
चुनावी चक्रव्यूहमा कनिकाकान्तिपुर गाथा : भ्रममा रमाएका न्यायमूर्तिहरु
किन डराएका छन् देशका पत्रकार?
सुन, पुलिस, गीत र गुण्डाको सिक्वेल
भ्यालेन्टाइन किसको सोसल रियाक्सन
अशान्त कान्तिपुरका केही छिद्रहरु
डस्टमाण्डूमा जारी छ चमत्कार