
ललितपुरः नेकपा माओवादी केन्द्रले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ६ मा पुनःमतगणना गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ ।
आफ्नो चुनाव चिन्हमा हालिएको मत अरुकोमा गणना गरिएको भन्दै माओवादीले पुनःमतगणनाको माग गर्दै आयोगमा निवेदन दिएको महालक्ष्मी नगरपालिकाका निर्वाचन अधिकृत राम घिमिरेले पहिलोपोस्टलाई जानकारी दिए । घिमिरेले भने, ‘घोषणा गर्ने बेला उहाँहरुले पुनःमतगणना गर्न माग गर्नुभयो तर, अरु दल तयार भएनन्।’ सो वडामा ६ मतले कांग्रेस उम्मेदवार विजयी भएका थिए ।
मतगणना रोकिएको कारण खोज्दै एमालेका उम्मेदवार रामेश्वर श्रेष्ठ पनि निर्वाचन आयोग पुगेका छन् । निर्वाचन भएको दिन अन्तिम मुचुल्का र गणना गर्ने बेलामा भएको मुचुल्कामा ८ वटा मत कम थियो । तर त्यसमा सवै राजनीतिक दल सहमत भएका थिए। निर्वाचन आयोगको निर्णयपछि मत गणना सुरु गरिने घिमिरेले बताए ।