PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

गोकर्णेश्वर नगरपालिकाको मेयरमा कांग्रेसका सन्तोष चालिसे र उपमेयरमा शान्ति नेपाल विजयी



पहिलोपोस्ट

गोकर्णेश्वर नगरपालिकाको मेयरमा कांग्रेसका सन्तोष चालिसे र उपमेयरमा शान्ति नेपाल विजयी

काठमाडौँ : काठमाडौंँको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका छन्। उपमेयरमा पनि कांग्रेसकै शान्ति नेपाल विजेता भएकी छिन्।

चालिसेले एमालेका पुण्यप्रसाद चौलागाईलाई १४१४ मतले पछि पार्दै विजय हासिल गरेका हुन्। उनले ९००९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी चौलागाईले ७५९५ मत पाएका हुन्।

उपमेयरमा कांग्रेसकै शान्ति नेपाल निर्वाचित भएकी छन्। उनले ८५९५ मत प्राप्त गरेकी छन् भने उनकी निकटतम प्रतिद्वन्दी एमालेकी शान्ति श्रेष्ठले ८०६२ मत प्राप्त गरिन्। जीतसँगै गोकर्णेश्वरमा कांग्रेसले विजय र्‍याली निकालेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell