
पोखराः निर्वाचनमा पार्टीको सन्तोषजनक परिणाम नआएको भन्दै नेपाली कांग्रेस पोखराका नगर सभापति बजिरमान श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।
पोखरा महानगर र कास्कीका गाउँपालिकामा पार्टीको निराशाजनक परिणाम आएको भन्दै श्रेष्ठले पदबाट राजीनामा दिएका हुन् ।
पोखरा नगरको निष्ठावान र लोकप्रिय नेताकारुपमा चिनिएका श्रेष्ठले विज्ञप्ति जारी गरी निराशाजनक परिणामको जिम्मेवारी लिंदै राजीनामा दिएको उल्लेख गरेका छन्।
कास्कीका एउटा गाउँपालिका र महानगरको ७ वटा वडामा विजयी भएपनि महानगरको मेयर र उपमेयरमा कांग्रेस उमेदवारले अग्रता लिन सकेका छैनन्।
तीन गाउँपालिकाको प्रमुखमा एमालेले जितेको छ भने एउटामा मात्र कांग्रेसले जितेको छ।