PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

निराशाजनक परिणाम आएको भन्दै पोखरा कांग्रेस नगरसभापतिद्वारा पदबाट राजीनामा



पहिलोपोस्ट

निराशाजनक परिणाम आएको भन्दै पोखरा कांग्रेस नगरसभापतिद्वारा पदबाट राजीनामा

पोखराः निर्वाचनमा पार्टीको सन्तोषजनक परिणाम नआएको भन्दै नेपाली कांग्रेस पोखराका नगर सभापति बजिरमान श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।

पोखरा महानगर र कास्कीका गाउँपालिकामा पार्टीको निराशाजनक परिणाम आएको भन्दै श्रेष्ठले पदबाट राजीनामा दिएका हुन् । 
पोखरा नगरको निष्ठावान र लोकप्रिय नेताकारुपमा चिनिएका श्रेष्ठले विज्ञप्ति जारी गरी निराशाजनक परिणामको जिम्मेवारी लिंदै राजीनामा दिएको उल्लेख गरेका छन्। 

कास्कीका एउटा गाउँपालिका र महानगरको ७ वटा वडामा विजयी भएपनि महानगरको मेयर र उपमेयरमा कांग्रेस उमेदवारले अग्रता लिन सकेका छैनन्।
 तीन गाउँपालिकाको प्रमुखमा एमालेले जितेको छ भने एउटामा मात्र कांग्रेसले जितेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell