PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

सिन्धुलीको दुधौलीमा एमाले, सुनकोसीमा माओवादी विजयी



रासस

सिन्धुलीको दुधौलीमा एमाले, सुनकोसीमा माओवादी विजयी

सिन्धुलीः सिन्धुलीका दुधौली नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएका छन् । 

एमालेका घनश्याम राउत आठ हजार ५९८ मत प्राप्त गरी प्रमुखमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दिनेश अधिकारी दनुवारले आठ हजार २२३ मत प्राप्त गरेका छन् । 

त्यस्तै, उपप्रमुखमा एमालेकै बालकुमारी अधिकारी दनुवार आठ हजार ७४० मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चेतनारायण अधिकारीले आठ हजार २१४ मत प्राप्त गरेका छन् । 
दुधौली नगरपालिकामा १४ वडामध्ये वडा नं १ मा गोविन्द पहाडी, ५ मा चन्द्रकिशोर थारु, ७ मा कुमार बस्नेत र १३ मा मिलन सुनुवार कांग्रेसको प्यानल विजयी भइसकेको छ । 

वडा नं २ मा रतेश राउत, ३ मा साने धामी, ४ मा दुर्गा राउत, ८ मा मोहनचन्द्र दाहाल, १२ मा बाघसिंह पाख्रिन र १४ मा एमालेका लीलाबहादुर थापाको प्यानल विजयी भएको छ । 
वडा नं ६ मा लालबहादुर घिसिङ, ९ मा देवप्रसाद अधिकारी, १० मा दुर्गाबहादुर देवकोटा र ११ मा कुमार लामा माओवादी केन्द्र विजयी भएका छन्।
यस्तै, सुनकोसी गाउँपालिकामा अध्यक्ष नेकपा माओवादी केन्द्रका दीपा बोहोराले तीन हजार ४३३ मत प्राप्त गरी विजयी भएका छन् ।
उपाध्यक्षमा पनि माओवादी केन्द्रकै दीर्घसिंह मोक्तान तीन हजार ४५४ मत प्राप्त गरी विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शान्ता कार्कीले तीन हजार २६८ मत प्राप्त गरिन्। 

यस्तै, सुनकोसी गाउँपालिकाका ७ वडामध्ये नेपाली कांग्रेस दुईवटा वडा, एमालेले तीनवटा वडा र माओवादी केन्द्र दुई वडामा विजयी भएका छन् । 
वडा नं १ मा कांग्रेसका विमलमान मोक्तान, वडा नं ३ मा पनि कांग्रसकै रामचन्द्र आचार्यको प्यानल विजयी भएको छ भने वडा नं २ मा एमालेका भोजकुमार सिंजाली, वडा नं ४ मा एमालेकै शङ्कर जर्गामगर र वडा नं ६ मा पनि एमालेकै लक्ष्मीप्रसाद तिमल्सिनाको प्यानल विजयी भएको. छ । 
त्यस्तै वडा नं ५ मा माओवादी केन्द्रका सन्तोष ढकाल, वडा नं ७ मा माओवादीकै लालबहादुर गोलेको प्यानल विजयी भएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell