
कालिकोटः कालिकोटका तीन नगरपालिकासहित दुई गाउँपालिकामा नेकपा माओवादी केन्द्र र एक नगरपालिकामा नेकपा एमालेले जितेको छ।
रास्कोट नगरपालिकामा प्रमुखमा माओवादीका काशीचन्द्र बराल दुई हजार एक सय १५ मत ल्याई विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मनिराज बरालले एक हजार आठ सय २० मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा सोही दलका मीमसरा शाही दुई हजार २३५ मत ल्याएर विजयी भएकी छन्। प्रतिद्वन्द्वी एमालेका उमा शाहीले एक जार ८७२ मत ल्याइन्।
खाँडाचक्र नगरपालिका प्रमुखमा एमालेका जसिप्रसाद पाण्डे दुई हजार २०८ मत ल्याई विजयी भ एभने निकटत प्रतिद्वन्द्वी माओवादीका लक्ष्मीप्रसाद चौलागार्इंले एक हजार ४६१ मत ल्याए। त्यसैगरी उपप्रमुखमा सोही दलका विजया विष्ट एक हजार ९८७ मत ल्याई विजयी भइन्।
एघार वटा वडामध्ये सातवटा वडा अध्यक्षमा एमाले, दुई/दुई वटामा माओवादी र एउटामा नेपाली काग्रेसले जित हात पारेको छ।
तिला गुफा नगरपालिकामा नेकपा माओवादीका रतनबहादुर शाही एक हजार ८५१ ल्याई विजयी भ एभने सो नगरपालिकाको उपप्रमुखमा दर्शना नेपाली एक हजार ८४३ मत ल्याएर विजयी भइन्।
सान्नित्रिवेणी नगरपालिकामा माओवादीका डम्बरबहादुर शाही एक हजार ७७५ मत ल्याई विजयी भए भने उपाध्यक्षमा पनि सोही दलकै होइजा बुढा ९गिरी० एक हजार ७६८ मत ल्याई विजयी भए ।
त्यसैगरी, पचालझरना गाउँपालिकामा माओवादीका खड्कराज सेजुवाल एक हजार ६२३ मत ल्याई विजयी भए भने उपाध्यक्षमा पनि सोही दलका तारा न्यौपाने एक हजार ५६८ मत ल्याई विजयी भइन् ।
पताङ्ला गाउँपालिकामा नेकपा माओवादीका लक्ष्मण बम एक हजार ४२० मत ल्याई विजयी भए भने उपाध्यक्षमा पनि सोही दलका दाना न्यौपाने एक हजार ३७१ मत ल्याई विजयी भएका छन्।
महावै गाउँपालिकामा कांग्रेसका नन्दबहादुर सिंह एकहजार ४०० मत ल्याई विजयी भए भने उपाध्यक्षमा एमालेका मनराज शाही विजयी भए ।रासस