PahiloPost

Mar 14, 2026 | ३० फागुन २०८२

भक्तपुर ७ र ८ मा नेमकिपा विजयी



रासस

भक्तपुर ७ र ८ मा नेमकिपा विजयी

नगरकोटः भक्तपुर नगरपालिका वडा नं ७ र ८ मा पनि नेपाल मजदुर किसान पार्टीको प्यानल विजयी भएको छ । 

भक्तपुर नगरपालिका–७ को वडाध्यक्षमा नेमकिपाका उकेश कवाँले तीन हजार ९०० मत प्राप्त गरी विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी एमालेका शिवलाल बहाला श्रेष्ठले ४२८ मत प्राप्त गरेका छन्। 

त्यस्तै, वडा सदस्यमा नेमकिपाकै रञ्जना त्वाती (महिला), हरिरत्न गोर्खाली ९खुला० र हेरा ख्याजू ९खुला० विजयी भएका छन् । 

यसअघि नै नेमकिपाकै रीजु कपाली (दलित महिला) सदस्यमा निर्विरोध निर्वाचित भइसकेकी छन् ।
यसैगरी, वडा नं ८ को अध्यक्षमा नेमकिपाकै महेन्द्र खायमली एक हजार ९८२ मत प्राप्त गरी विजयी भएका छन् ।
सदस्यहरुमा नेमकिपाका पञ्चमाया दुवाल ९महिला० र खुला सदस्यमा कृष्णगोपाल छुस्यावाग र शिवलाल वाला विजयी भएका छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell