
काठमाडौंः नागार्जुन नगरपालिकाको थप चारवटा वडाको मत परिणाम सार्वजनिक भएको छ ।
सार्वजनिक गरिएका चारवटै वडामा नेपाली कांग्रेसका वडाध्यक्ष विजयी भएका छन् । वडा नं ६ मा राजेन्द्र बुढाथोकी एक हजार ११५ मत, वडा नं ७ मा रमेश गौतम एक हजार १० मत, वडा नं ८ मा शुक्रबहादुर तामाङ ७४९ र वडा नं ९ मा रामकृष्ण भट्टराई ६७८ मत प्राप्त गरी विजयी भएका छन् । रासस