PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

पोखरा ११ मा कांग्रेसका बास्तोला विजयी 



पहिलोपोस्ट

पोखरा ११ मा कांग्रेसका बास्तोला विजयी 

पोखराः पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ११ को अध्यक्षमा कांग्रेसका मोहनप्रसाद बास्तोला विजयी भएका छन्।
एक हजार ७ सय ७८ मत ल्याएर बास्तोला अध्यक्षमा निर्वाचित भएका हुन्।
 निकटतम प्रतिद्वन्द्वी एमालेका देवेन्द्र वास्तोलाले १ हजार ५ सय ४९ मत ल्याएका थिए ।

महिला सदस्यमा कांग्रेसकै तीर्थकुमारी गुरुङ, दलित महिला सदस्यमा टुकुरादेवी परियार, खुल्ला सदस्यमा राजेन्द्रबहादुर भट्टराई निर्वाचित भएका छन् । अर्को खुल्ला सदस्यमा एमालेका लोकराज आचार्य निर्वाचित भएका छन ।
महानगरमा हालसम्म कांग्रेसले ५ वटा वडामा प्यानलसहित जित हात पारेको छ । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell