PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

रामेछाप नगरपालिकाको प्रमुखमा कांग्रेस विजयी



पहिलोपोस्ट

रामेछाप नगरपालिकाको प्रमुखमा कांग्रेस विजयी

मन्थलीः रामेछापको रामेछाप नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नरबहादुर थापा मगर विजयी भएका छन् । 
थापा ४४०२ मत प्राप्त गरी प्रमुखमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रोशन पाख्रिनले ४३०० मत प्राप्त गरेका थिए । 
त्यसैगरी, उपप्रमुखमा कांग्रेसकी सृजना खड्का ४३९३ मत प्राप्त गरी विजयी भएकी छन् । 

त्यसैगरी, सुनापति गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका धावा लामा ४७३६ र उपाध्यक्षमा माओवादीकी गीता विष्ट ४८२२ मत प्राप्त गरी विजयी भइन् । 

खाँडादेवी गाउँपालिकाको अध्यक्षमा एमालेका प्रेमबहादुर तामाङ ४८७० र उपाध्यक्षमा एमालेकी मखमली श्रेष्ठ ४९१६ मत प्राप्त गरी विजयी भइन् ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell