PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

ट्रम्पले भने– पक्ष/विपक्षमा मत विभाजन हुँदा मुलुकलाई फाइदा हुँदैन



रासस

ट्रम्पले भने– पक्ष/विपक्षमा मत विभाजन हुँदा मुलुकलाई फाइदा हुँदैन
फोटो श्रोतःvoanews.com

वासिङटनः अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा रुसको संलग्नताका बारेमा भइरहेको विवादले देशलाई विभाजित बनाइरहेको टीप्पणी गरेका छन्। 

वासिङटनमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले सो आरोपको जाँच गर्न विशेष अनुसन्धानकर्ता नियुक्त गर्ने निर्णयलाई आफूले स्वागत गर्ने बताए । 
उनले रुससँग आफ्नो कुनै सम्बन्ध नरहेको दोहोर्याउँदै पक्ष र विपक्षमा मत विभाजन हुँदा मुलुकलाई फाइदा नहुने बताए। 

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि गतवर्ष भएको निर्वाचनमा रुसको हस्तक्षेप भएको भनिएको विषयमा छानविन गर्न सङ्घीय जाँच विभागका पूर्वप्रमुख रोबर्ट मलरलाई विशेष अभियोजनकर्ताको रुपमा नियक्त गरिएको छ । मलर सन् २००१ देखि २०१३ सम्म एफबीआइका प्रमुख थिए। 

राष्ट्रपति डोनाल्ड ट्रम्पले एफबीआइका निर्देशक जेम्स कोमीलाई अघिल्लो हप्ता बर्खास्त गरेसंगै नयाँ विशेष अभियोजनकर्ताको खोजी भएको थियो । 

ट्रम्पले एफबीआइले रुसमाथि गरिरहेको छानविन प्रभावित पार्न त्यसका निर्देशक कोमीलाई बर्खास्त गरेको भन्ने आरोप पनि खण्डन गरेका छन्।रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell