
सुर्खेतः नेपाली कांग्रेस सुर्खेतको पञ्चपुरी नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा विजयी भएको छ ।
प्रमुखमा उपेन्द्र थापा ५१३४ मत ल्याई विजयी भने निकटतम् प्रतिद्वन्द्वी एमालेका मनबहादुर विकले ४७३२ मत प्राप्त गरेका छन्। त्यस्तै, उपप्रमुखमा कांग्रेसकी मुक्ति पुरी ५२०४ मत ल्याई विजयी भइन् ।
नेपाली कांग्रेसले २, ४, ६, ८, १० र ११ नम्बर विजयी भएको छ भने १, ३, ५, ७ र ९ नम्बर वडामा नेकपा एमालेका उमेद्वार विजयी भएका छन्।