PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

एलइडी बल्ब खरिद प्रक्रियामा सर्वोच्चद्वारा सरकारसँग लिखित कारण माग



रासस

एलइडी बल्ब खरिद प्रक्रियामा सर्वोच्चद्वारा सरकारसँग लिखित कारण माग

काठमाडौंः सर्वोच्च अदालतले एलइडी बल्ब खरिद प्रक्रियामा लिखित कारण देखाउन सरकारका नाममा आदेश जारी गरेको छ । 

न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलाशले आज लिखित जवाफसहित अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिए। 

एलइडी बल्ब खरिद प्रक्रिया कानुन विपरित भएको भन्दै अधिवक्ता लेखनाथ भट्टराई र नारायण चौलागाईंले गत बुधबार रिट दायर गरेका थिए ।

नेपाल विद्युत् प्राविधकरणले दुई करोड थान एलइडी बल्ब खरिद प्रक्रिया कानुनविपरीत अघि बढाइएको र त्यसलाई रोक्नका लागि अन्तरिक आदेशको माग रिट निवेदनमा गरिएको थियो । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell