PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

दीपक मनाङ्गे र चक्रे मिलन जेल बाहिर, हरेक दिन प्रहरीमा हाजिर हुनुपर्ने



पहिलोपोस्ट

दीपक मनाङ्गे र चक्रे मिलन जेल बाहिर, हरेक दिन प्रहरीमा हाजिर हुनुपर्ने

काठमाडौँ : गुण्डा नाइकेहरु दीपक मनाङ्गे र चक्रे मिलन बिहीबार तारेखमा छुटे। स्थानीय तहको पहिलो चरणको वैशाख ३१ गतेको निर्वाचन प्रभावित पार्न सक्ने आँकलनका बीच प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी छविलाल जोशीका अनुसार उनीहरुलाई दैनिक तारिखमा छोडिएको हो। दुई साताअघि ठमेलबाट प्रहरीले राप्रपा केन्द्रीय सदस्यसमेत रहेका मनाङ्गे र महाराजगञ्जबाट एमाले निकट चक्रेलाई पक्राउ गरेको थियो।

सार्वजनिक अपराधको अभियोगमा काठमाडौँ जिल्ला अदालतलबाट ५ दिनको समय थप गरेर प्रहरीले अनुसन्धान  गरेको थियो। दुवैलाई निर्वाचनमा हुलदङ्गा गर्ने आशंकामा पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका एसएसपी छविलाल जोशीले जानकारी दिए।

यद्यपि प्रहरीले उनीहरुलाई दोश्रो चरणको निर्वाचनसम्म दैनिक हाजिर हुन आउने सर्त राखेको छ।

तारेखमा छुटेका दुवैलाई दोस्रो चरणको निर्वाचन समयभर काठमाडौँ बाहिरका जिल्ला जान रोक लगाइएको छ। पक्राउ परेका मनाङ्गे र चक्र दुवै महानगरीय प्रहरी परिसर टेकुको हिरासत कक्षमा राखिएको थियो। दुवै जनाबीच एक अर्काका दुश्मनको रुपमा चिनिन्छन्।

निर्वाचन सुरक्षालाई ध्यानमा दिँदै प्रहरीले अन्य गुन्डा नाइकेलाई पनि निगरानी राखेको थियो। परिसरले अहिलेसम्म ३८ जना गुण्डा नाइकेलाई पक्राउ गरिसकेको छ। प्रहरीको निगरानीको सूचीमा १ सय ६० जना गुण्डा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell