PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

धादिङको गजुरी गाउँपालिकामा एमाले विजयी



पहिलोपोस्ट

धादिङको गजुरी गाउँपालिकामा एमाले विजयी

धादिङ : गजुरी गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ। नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्ध गरी चुनावमा प्रतिस्पर्धा गरेपनि एमालेले अध्यक्ष र उपाध्यक्ष पदमा जित हासिल गरेको हो।

एमालेका राजेन्द्रविक्रम बस्नेतले ४ हजार ३ सय ३६ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका गणेश श्रेष्ठले ४ हजार ६ मत ल्याए।

उपाध्यक्षमा एमालेकै सीता ढुङ्गानाले ४ हजार २ सय १४ मत प्राप्त गरी विजयी भइन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका शर्मिला विसुरालले ३ हजार ६ सय २९ मत ल्याइन्।

कूल १३ स्थानीय तह रहेको धादिङमा अब निलकण्ठ नगरपालिकाको मात्र नतिजा आउन बाँकी छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell