
पोखराः कास्कीको अन्नपूर्ण गाउंपालिका–४ भदौरेमा शुक्रबार अपराह्न भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
खोलाबाट ढुङ्गा लिएर आउँदै गरेको ग १ त ३६२३ नम्बर ट्याक्टर पल्टिंदा ट्रयाक्टरमा सवार रामसिंह नेपाली र अजय गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस