PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

ललित स्मृति यू-१८ फुटबल प्रतियोगिताको ड्र सार्वजनिक



पहिलोपोस्ट

ललित स्मृति यू-१८ फुटबल प्रतियोगिताको ड्र सार्वजनिक

काठमाडौं : दोस्रो संस्करणको ललित स्मृति यू-१८ फुटबल प्रतियोगिताको ड्र शुक्रबार सार्वजनिक भएको छ।

यही जेठ १३ देखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कूल १४ टोलीको सहभागिता रहनेछ। सहभागी टोलीलाई ४ समूहमा विभाजन गरी ड्र गरिएको हो।

जसअनुसार समूह ए मा झापा-११, सशस्त्र प्रहरी बलको एपीएफ, सरस्वती युथ क्लब र च्यासल युथ क्लब छन्। समूह बी मा त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङ्दी क्लब, फ्रेण्ड्स क्लब र सुदूरपश्चिम फुटबल क्लब छन्।

यस्तै समूह सी मा लुम्बिनी फुटबल क्लब, जावालाखेल युथ क्लब, हिमालयन शेर्पा क्लब र एनआरटी क्लब छन्।

समूह डी मा संकटा क्लब, नेपाल पुलिस, ब्रिगेड ब्वाइज क्लब र मोरङ फुटबल क्लब छन्।

एन्फाका पूर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा गत वर्ष देखि यू-१८ प्रतियोगिता गर्न थालिएको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell