PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

टीकापुर घटनामा दोषीको मुद्दा फिर्ता लिएको भन्दै एमालेको विरोध



पहिलोपोस्ट

टीकापुर घटनामा दोषीको मुद्दा फिर्ता लिएको भन्दै एमालेको विरोध

काठमाडौँ : नेकपा एमालेले कैलालीको टीकापुर घटनामा प्रहरी र शिशुको हत्यामा संलग्नलाई सरकारले उन्मुक्ति दिने निर्णय गरेको भन्दै विरोध जनाएको छ। 

एमाले सचिव प्रदीप ज्ञवालीले विज्ञप्ती जारी गरि सरकारको निर्णयबाट दण्डहिनता संस्थागत हुने तथा आपराधिक प्रवृत्तिलाई प्रोत्साहन मिल्ने उल्लेख गरेका हुन्।  

२०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा नेपाल प्रहरीका एसएसपी सहित ८ जना सुरक्षाकर्मीको हत्या भएको थियो। त्यस्तै टीकापुरमा १ शिशुको समेत हत्या भएको थियो।
 
'राजनीतिक आवरण दिई तिनमा सङ्लग्नहरूलाई उन्मुक्ति दिन सरकारले हिजो गरेको निर्णयप्रति नेकपा (एमाले) गम्भीर आपत्ति प्रकट गर्दछ', विज्ञप्तीमा भनिएको छ, 'यस निर्णयले इमान्दारीपूर्वक आफ्नो कत्र्तव्य निर्वाह गर्ने सुरक्षाकर्मीहरूको मनोबल गिर्ने तथा हिंसाका पक्षधरहरू उत्साहित हुने गम्भीर स्थिति सिर्जना भएको छ। सरकारले यस्तो निर्णय गरेर न्यायको पर्खाइमा बसेका पीडितहरूको घाउमा नुनचुक दल्ने काम गरेको छ।'

सरकारले बिहिबार मधेस आन्दोलनका क्रममा विभिन्न व्यक्तिहरु विरुद्ध राज्यपक्षबाट दायर भएका मुद्दा फिर्ता लिने निर्णय गरेको थियो। टीकापुर घटनाका आरोपितको पनि मुद्दा फिर्ता लिइएको भन्दै एमालेले विरोध गरेको हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell