
काठमाडौंः काठमाडौं महानगरपालिकाको वडा नं २७ मा नेकपा एमाले विजयी भएको छ ।
एमालेका चिनियामान महर्जन एक हजार ५६८ मत ल्याई विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका योगेश खड्कीले एक हजार ३५८ मत प्राप्त गरेका छन्।
त्यसैगरी महिला सदस्यमा उर्मिला महर्जन, खुला सदस्यमा रमेशमान महर्जन र परिवेशमान महर्जन निर्वाचित भएका छन्।
यस वडामा दलित महिलाको उम्मेदवारी परेको थिएन । यस वडामा तीन हजार सात सय ७५ मत खसेकोमा ९९ मत बदर भएको थियो । रासस