PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

भक्तपुर नगरपालिका प्रमुखमा नेमकिपाका सुनिल प्रजापति विजयी



रासस

भक्तपुर नगरपालिका प्रमुखमा नेमकिपाका सुनिल प्रजापति विजयी

भक्तपुरः भक्तपुर नगरपालिकाको प्रमुखमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति भारी मत अन्तरले विजयी भएका छन् । 
मत परिणामानुसार २५ हजार ५६८ मत प्राप्त गर्दै प्रजापति नगर प्रमुखमा अत्याधिक बहुमतले विजयी भएका हुन्। 
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले छ हजार ५३२ र एमालेका विष्णु सुवालले चार हजार २१० मत प्राप्त गरेका थिए । 
त्यसैगरी, उपप्रमुखतर्फ नेमकिपाकै रजनी जोशी २५ हजार ६५८ मत प्राप्त गर्दै अत्याधिक बहुमतले विजयी भएकी छन् । 
जोशीका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी गङ्गालक्ष्मी अवालले छ हजार ५६० र एमालेकी कृष्णमाया त्वायनावासुले छ हजार ५८७ मत प्राप्त गरेकी थिइन् । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell