PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

दक्षिण सुडानमा सेना विद्रोहीको झडपमा ४० विद्रोहीको मृत्यु



पहिलोपोस्ट

दक्षिण सुडानमा सेना विद्रोहीको झडपमा ४० विद्रोहीको मृत्यु

जुवा : दक्षिण सुडानको सरकारी अधिकारीले बिहीबार विएह राज्यको वाट क्षेत्रमा भएका झडपमा कम्तीमा ४० जना विद्रोहीको मृत्यु भएको जनाएका छन्।

सरकारी सेनासँग भएको झडपमा बिहीबार प्रतिपक्षी समूहका ४० जनाको मृत्यु भएको सुडान पिपुल्स लिवरेसन आर्मीका प्रवक्ता ब्रिगेडिएर डिकसन गटलाउकले बताए।

घटनामा सेनातर्फ पाँच जना सामान्य घाइते भएको उहाँले बताउँदै कैयौँ विद्रोही घाइतेसमेत बनेका जनाए।

दक्षिण सुडानको सीमा क्षेत्रमा रहेका एइ सहरमा भएको भिडन्तमा दुई दिन पहिले पनि केही सेनाको मृत्यु भएपछि सेनाले सुरक्षा कारबाहीलाई सशक्त बनाएको थियो। रासस÷सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell