धादिङः धादिङको नीलकण्ठ नगरपालिका प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
कांग्रेसका भीमप्रसाद ढुङ्गाना १३ हजार एक सय ६६ प्राप्त गर्दै प्रमुखमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका अर्जुन श्रेष्ठले छ हजार छ सय २८ मत प्राप्त गरेका छन् ।
यसैगरी, उपप्रमुखमा माओवादी केन्द्रका मनराज भण्डारी १० हजार तीन सय २५ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी गङ्गादेवी श्रेष्ठले छ हजार नौ सय ८५ मत प्राप्त गरेकी छन् ।
नगरपालिकामा कांग्रेसले छ तथा एमाले र माओवादी केन्द्रले चार–चार वडामा विजय हासिल गरेका छन् ।
अन्तिम मत परिणामानुसार एमालेबाट एक नगरपालिका र आठ गाउँपालिकामा प्रमुख र अध्यक्ष तथा ५६ वडा अध्यक्षमा विजयी भएका छन् ।
कांग्रेसले एक नगरपालिका र दुई गाउँपालिकामा प्रमुख र अध्यक्ष तथा २४ वडाध्यक्षमा विजयी भएको छ भने माओवादी केन्द्र एक गाउँपालिकाका अध्यक्ष र २१ वडाध्यक्ष तथा राप्रपा एक गाउँपालिका अध्यक्षसहित तीन वडाध्यक्षमा विजयी भएको छ । रासस