PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

दोस्रो चरणको निर्वाचन: आजदेखि मुख्य निर्वाचन अधिकृत कार्यक्षेत्रमा 



पहिलोपोस्ट

दोस्रो चरणको निर्वाचन: आजदेखि मुख्य निर्वाचन अधिकृत कार्यक्षेत्रमा 

काठमाडौँ : जेठ ३१ गतेका लागि तय भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि आजदेखि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछ। ४१ जिल्लाका ४६१ निर्वाचन क्षेत्रमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत यसअघि नै छनोट भइसकेका छन्। 

निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनाको तयारी पूरा भइसकेको जनाएको छ। आयोगले निर्वाचनको लागि आवश्यक पर्ने सामाग्रीहरु मसीदेखि सियोसम्मका ६४ प्रकारका सामाग्री जिल्लामा पठाइसकेको छ। 

दोस्रो चरणमा प्रदेश नम्बर १, २, ५ र ७ मा निर्वाचन हुँदैछ। जेठ ३१ को निर्वाचनका लागि जेठ १९ गते उम्मेद्वार मनोनयन हुने कार्यतालिका छ। आयोगले जेठ २२ गते उम्मेद्वारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ। 

गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा खटाइएका मुख्य निर्वाचन अधिकारी र निर्वाचन अधिकारीहरुको जिम्मेवारी भने यसअघि नै तोकिएको छ। सोही जिम्मेवारी अनुसार कार्यसम्पादन हुनेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell