
पोखराः पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर १३ र १५ मा एमालेको प्यानल विजयी भएको छ। वडानम्बर १३ को वडा अध्यक्षमा लेखबहादुर तामाङको प्यानल निर्वाचित भएको छ भने वडा नम्बर १५मा प्रकाश पौडेलको प्यानल निर्वाचित भएको हो।
वडा नम्वर १३ को महिला सदस्यमा एमालेकी कृष्णकुमारी गुरुङ र दलित महिला सदस्यमा कमला विक विजयी भएका छन्। खुल्ला दुई सदस्यमा टंकप्रसाद भट्टराई र रही मुल्ला मिया विजयी भए ।
त्यस्तै, वडा नम्बर १५ को महिला सदस्यमा पार्वती कार्की थापा विजयी भएकी छन् । दलित महिला सदस्यमा मन्दिरा परियार, खुल्ला दुई सदस्यमा तोरणबहादुर बानियाँ र रुकबहादुर गुरुङ विजयी भएका छन् ।