नगरकोटः भक्तपुरको मध्यपुरथिमि नगरपालिका–५ मा नेकपा एमालेका वडाध्यक्ष र महिला सदस्य तथा नेपाली कांग्रेसका दुई खुला सदस्यमा विजयी भएका छन् ।
वडा नं ५ मा एमालेका अमृतमान श्रेष्ठ एक हजार नौ सय ६३ मत प्राप्त गरी विजयी भएका छन् भने प्रतिद्वन्द्वी कांग्रेसका दिलकृष्ण प्रजापतिले एक हजार सात सय ४१ मत प्राप्त गरेका छन् । महिला सदस्यमा एमालेकी शुभलक्ष्मी प्रजापति, दलित महिला सदस्य खाली तथा खुला सदस्यद्वयमा कांग्रेसका बालकृष्ण श्रेष्ठ र चन्द्रकृष्ण प्रजापति विजयी भएका छन् ।
चाँगु–३ र ४ मा एमाले विजयी
चाँगुनारायण नगरपालिका– ३ र ४ मा एमालेको समूह नै विजयी भएको. छ । वडा नं ३ का वडाध्यक्षमा श्यामसुन्दर धिमाल एक हजार तीन सय २६ मत ल्याई विजयी भएका छन् भने प्रतिद्वन्द्वी कांग्रेसका धर्मराज थापा मगरले एक हजार एक सय २८ मत पाएका छन् । महिला सदस्यमा रमा थापा र दलित महिलामा सुष्मा सुनुवार तथा खुलामा नवराज गेलाल र प्रेमबहादुर बाकु विजयी भएका छन् ।
चाँगुनारायण नगरपालिका–४ मा एमालेका बुद्धलाल महर्जनको समूह विजयी भएको छ । महर्जनले एक हजार चार सय ५६ र प्रतिद्वन्द्वी कांग्रेसका गोपालप्रसाल पोख्रेलले सात सय २५ मत पाएका छन् । त्यस्तै महिला वडा सदस्यमा सपना तामाङ र दलित महिला सदस्यमा राममाया मिजार तथा सदस्यद्वयमा दिनेश खनाल र रोजबहादुर तामाङ विजयी भएका छन् । रासस