PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

९० हजार कर्मचारी दोस्रो चरणको निर्वाचनमा खटिँदै



पहिलोपोस्ट

९० हजार कर्मचारी दोस्रो चरणको निर्वाचनमा खटिँदै

काठमाडौँ : जेठ ३१ गतेका लागि तय भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनको लागि ९० हजार कर्मचारी खटिने भएका छन्।

४१ जिल्लाका ४६१ स्थानीय तहमा करिव ९० हजार कर्मचारी खटाइने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले जेठ ३१ को निर्वाचनको लागि कर्मचारी परिचालन गर्न शुरु गरिसकेको छ। आजबाट आयोगले ४१ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।

४६१ स्थानीय तहको निर्वाचका निर्वाचन अधिकृत छनोट गरेर जिल्लामा परिचालन गरिसकेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए। पहिलोपोस्टसँगको कुराकानीमा शर्माले भने 'निर्वाचनको सम्पूर्ण तयारी भइसकेको छ, हाम्रा ९० हजार कर्मचारी परिचालित भइसके।'

जेठ ३१ गते हुने निर्वाचनमा प्रत्येक मतदान केन्द्रमा करिव चार जना कर्मचारी र तीन जना स्वयंसेवक खटिनेछन्। मतदाता शिक्षाको लागि तालिम दिएका प्रशिक्षार्थी समेत खटाईँदैछ। दोस्रो चरणमा प्रदेश नम्बर १, २, ५ र ७ मा निर्वाचन हुँदैछ। जेठ ३१ को निर्वाचनका लागि जेठ १९ गते उम्मेद्वार मनोनयन हुने कार्यतालिका छ। आयोगले जेठ २२ गते उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छ।

 

 

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell