PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

बस दुर्घटनामा दुई जनाको मृत्यु, २७ घाइते



रासस

बस दुर्घटनामा दुई जनाको मृत्यु, २७ घाइते

बाराः बाराको जितपुर–सिमरा उपमहानगरपालिका–१ मा शनिबार विहान  यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। 
काठमाडौंबाट जनकपुर गइरहेको ना ७ ख १६१४ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

दुर्घटनामा परी महोत्तरी रौतली–६ का ४५ वर्षीय बल्ला यादव र धनुषा तारयती सीसीवाकी ३२ वर्षीया किरणदेवी साहको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको सिमरा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि बस चालक फरार भएका छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell