PahiloPost

May 19, 2025 | ६ जेठ २०८२

धादिङमा एमालेको वर्चस्व, १३ स्थानीय तहको नतिजा यस्तो



पहिलोपोस्ट

धादिङमा एमालेको वर्चस्व, १३ स्थानीय तहको नतिजा यस्तो

धादिङः नीलकण्ठ नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्र विजयी भएसँगै धादिङको १३ वटै स्थानीय तहको अन्तिम परिणाम आएको छ।

जसमध्ये नेकपा एमालेले एक नगरपालिकासहित ८ स्थानमा जित हात पार्यो भने कांग्रेसले एक नगरपालिकासहित ३ तथा माओवादी केन्द्र र राप्रपाले समान एक स्थानमा जित हासिल गरे। 

पाँच स्थानमा कांग्रेस र माओवादी केन्द्र गठबन्धन गर्दै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।

तर त्यसमध्ये नीलकण्ठ नगरपालिका तथा बेनिघाट र ज्वालामुखी गाउँपालिकामा मात्र सफल रहे। ज्वालामुखीमा गठबन्धनबाट कांग्रेसले अध्यक्ष पद जितेपनि उपाध्यक्षमा भने एमाले विजयी बन्यो। 

त्यस्तै, थाँक्रे र गजुरीमा पनि कांग्रेस–माओवादी केन्द्रले गठबन्धन गरेपनि मुख्य दुई पदमा एमालेले जित हासिल गर्यो। 

धादिङको रुबीभ्याली गाउँपालिकाबाट राप्रपाले अध्यक्ष र उपाध्यक्ष पदमा जित हासिल गर्दै स्थानीय तहमा खाता खेल्न सफल भयो। 

धादिङमा एमाले ८ प्रमुख/अध्यक्ष पदमा विजयी भयो, उपप्रमुख/उपाध्यक्ष पद ७ मा मात्र विजयी भयो। त्यस्तै कांग्रेस ३ प्रमुख/अध्यक्ष तथा ३ उपप्रमुख/उपाध्यक्ष विजयी भयो। माओवादी केन्दर १ अध्यक्ष र २ उपाध्यक्ष तथा राप्रपा १ अध्यक्ष र १ उपाध्यक्ष पदमा विजयी भए। 

यस्तै, १०४ वडामध्ये एमाले ५६, कांग्रेस २४, माओवादी केन्द्र २१ तथा राप्रपा ३ वडामा विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

धादिङका १३ स्थानीय तहको प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष

धुनिवेशी नगरपालिका       बालकृष्ण आचार्य र निरु खरेल (एमाले)

सिद्दलेक गाउँपालिका        प्रेमनाथ सिलवाल र कमला शर्मा (एमाले)

थाक्रे गाउँपालिका           राजकुमार आचार्य र अम्विका रुपाखेती (एमाले)

गङ्गाजमुना गाउँपालिका     बल अधिकारी र एन्जिला तामाङ (एमाले)

गल्छी गाउँपालिका          कृष्णहरी श्रेष्ठ र राधा तिमिल्सिना (एमाले)

गजुरी गाउँपालिका          राजेन्द्र विक्रम बस्नेत र सीता ढुङ्गाना (एमाले) 

त्रिपुरेश्वर गाउँपालिका       शम्भु थापा (एमाले), उपप्रमुख देवी पाण्डे (नेका)

नेत्रावती गाउँपालिका        दुर्गा नारायण शाक्य (एमाले), उर्मिला तामाङ (माओवादी केन्द्र)

खनियावास गाउँपालिका     रण बहादुर तामाङ र योमाया तामाङ (नेपाली कांग्रेस)

ज्वालामुखी गाउँपालिका     विनोद तिमिल्सिना (कांग्रेस) जानुका सिम्खडा (एमाले)(कांग्रेस माओवादी गठबन्धन)

नीलकण्ठ नगरपालका       भिम प्रसाद ढुङ्गाना (कांग्रेस) उपप्रमुख मनराज भण्डारी (माओवादी केन्द्र)( कांग्रेस माओवादी गठबन्धन)

वेनिघाट रोराङ गाउँपालिका   हरी डल्लाकोटी (माओवादी केन्द्र), देवीप्रसाद सिलवाल (कांग्रेस)( कांग्रेस माओवादी गठबन्धन)


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell