PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

दोस्रो चरणको निर्वाचनमा यस्ता छन् सुरक्षा चुनौती



सविन ढकाल

दोस्रो चरणको निर्वाचनमा यस्ता छन् सुरक्षा चुनौती

काठमाडौं : आगामी जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन सुरक्षा पहिलो निर्वाचनको तुलानामा बढी नै चुनौतीपूर्ण छ। पहिलो निर्वाचनमा दोलखा, कालिकोट र काभ्रेको नमबुद्धमा बाहेक अन्य जिल्लामा शान्तिपूर्वक नै निर्वाचन सम्पन्न भयो। जेठ ३१ गते ४१ जिल्लामा हुन लागेको निर्वाचनमा भारतसँगको खुला सीमाना र तराईमा सक्रिय भूमिगत संगठनहरुका कारण चुनौतीपूर्ण बनेको हो दोस्रो चरण।

गृह मन्त्रालयले यसअघि नै निर्वाचन सुरक्षा रणनीति बनाइसके पनि ३१ गते हुने निर्वाचनको लागि थप रणनीति बनाउने तयारी गरिरहेको छ। शनिवार गृह मन्त्रालयको सुरक्षा समितिको बैठकले थप सुरक्षा रणनीतिको खाका तयार पार्दैछ। निर्वाचन आयोगका आयुक्त सुधीरकुमार शाह पहिलो चरणमा बनाएको सुरक्षा रणनीति दोस्रोमा परिमार्जित गर्नुपर्ने बताउँछन्। शाह भन्छन्, 'पहिलो चरणमा सरकारको उचित सुरक्षा बाबजुत जति घटना भए त्यसलाई मध्यनजर गर्दै सुरक्षा रणनितीको आवश्यक छ।'

पहिलो निर्वाचनमा गृह मन्त्रालयले बनाएको सुरक्षा रणनीतिमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई चुनौतीका रुपमा हेरिएको थियो। दोस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टी निर्वाचनमा सहभागी हुँदा र नहुँदाको विषयलाई लिएर सुरक्षा रणनीति बनाइने गृह मन्त्रालयले जनाएको छ। राजपाले निर्वाचनमा भाग नलिने मात्र हो भने उनीहरु निर्वाचन विथोल्ने रणनीतिमा जानेछन्। त्यसलाई पनि बुझेर सुरक्षा खाका बनाइँदै छ। तराईमा सक्रिय भूमिगत संगठनहरु सिके राउत लगायत समूहले पनि निर्वाचन प्रभावित पार्ने देखिएको छ।

खुल्ला सीमाना भएका कारण निर्वाचन विथोल्न खोज्नेहरु सक्रिय हुनसक्ने भएकाले त्यसलाई पनि ध्यान दिनुपर्ने छ। सुरक्षाको विषयलाई लिएर निर्वाचन आयोगले केही दिन भित्र नै चुनाव हुने जिल्लाको भ्रमण र जिल्ला सुरक्षा समितिसँग छलफलपछि गृह मन्त्रालयलाई सुरक्षा रणनीति परिमार्जन निर्देशन दिने आयुक्त ईश्वरी प्रसाद पौडेलले बताए।

पहिलो चरणको निर्वाचनमा भन्दा स्थानीय तहको संङ्ख्या र अति संवेदनशील क्षेत्र बढी भएकाले सुरक्षामा थप जटिलता रहेको छ। सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै निर्वाचनको लागि खटिएका ७५ हजार म्यादी प्रहरी ४१ जिल्लामा मात्र खटाउने तयारी गृहको रहेको छ।

गृह मन्त्रालयले यसअघि नै देशभर निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी सहित २ लाख २६ हजार प्रहरी परिचालन गर्ने भनिए पनि पहिलो चरणमा  म्यादि सहित ६८ हजार प्रहरी र ४५ हजार सेना परिचालित थिए।  


तीन घेरामा  निर्वाचन सुरक्षा

जेठ ३१ गते हुन लागेको निर्वाचनका लागि पनि तीन घेरामा सुरक्षा योजना परिवर्तन नहुने गृह मन्त्रालय स्रोतले जनाएको छ। मतदान क्षेत्रको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी खटाउने तयारी भइरहेको छ। त्यस्तै दोस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिमा नेपाली सेना रहेको छ। नेपाली सेनालाई मदतानमा मनोवैज्ञानिक सुरक्षाको लागिमात्र खटाइने स्रोतले बतायो।

सेना सामानको ढुवानी र जनताको सुरक्षामा मात्र खटाइने छ। नेपाली सेनाको संख्या करिब ९० हजार छ। प्रहरी ७२ हजार र सशस्त्र ३७ हजार पुगेका छन्। राष्ट्रिय अनुसन्धान विभागमा करिब ३ हजार जनशक्ति छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell