
इन्डिय प्रिमियर लिग आइपीएल-१० को उपिधका लागि राइजिङ पुने सुपरायन्ट्स र मुम्बई इन्डियन्स भिड्ने भएका छन्।
शुक्रबार भएको दोस्रो क्वालिफायर्समा दुई पटकको च्याम्पियन कोलकता नाइट राइडर्सलाई ६ विकेटले पराजित गर्दै २ पटककै च्याम्पियन मुम्बईले पुनेसँग उपाधि भिडन्त पक्का गरेको हो।
पहिलो क्वालिफायर्समा पुनेसँगै पराजित भएको मुम्बईले पुन: प्राप्त मोकामा जित हासिल गर्दै उपाधि नजिक पुगेको हो।
तर मुम्बईले यस सिजन पुनेलाई हराउन सकेको छैन। लिग चरणको दुई तथा पहिलो प्लेअफमा पुनेले मुम्बईलाई हराएको थियो।
गत सिजनबाट आइपीएल खेलेको पुने उपाधि निजक पुगेको यो पहिलो पटक हो। अर्को सिजनदेखि चेन्नाई सुपर किंग्स र राजस्थान रोएल्स पुन: आइपीएलमा फर्कने भएकाले पुनेसँगै गुजरात लायन्सको लागि यो नै अन्तिम आइपीएल हो। म्याच फिक्सिङका कारण चेन्नाई र राजस्थानलाई दुई सिजन प्रतिवन्ध लागेको थियो।
यता एलिमिनेटरमा साविज विजेता सनराइजर्स हैदरावादलाई हराएको कोलकताले क्वालिफायर्स पार गर्न भने सकेन। कोलकता यस सिजन तीनै खेलमा मुम्बईसँग पराजित भयो।
फाइनल खेल आइतबार हैदरावादमा हुनेछ।
मुम्बईको जितमा कर्ण शर्मा र जसप्रित बुमराह नायक
लो स्कोरिङ प्लेअफमा मुम्बईका बलरले उत्कृष्ट प्रदर्शन गरे। टस हारेर पहिले ब्याटिङ गरेको कोलकतालाई मुम्बईका बलरले ७ बल अगावै अलआउट गरिदिए। कोलकताले १८.५ ओभरमा १०७ रन माब बनाउन सक्यो।
कोलकताका लागि सूर्य कुमार यादवले सर्वाधिक ३१ तथा इशांक जग्गीले २८ रन बनाए। यस्तै कप्तान गौतम गम्भिरले १२ तथा सुनिल नारिनले १० बाहेक अन्य खेलाडीले दोहवरो अंक समेत छुन सकेनन्।
मुम्बईका कर्ण शर्माले ४ ओभर बलिङ गर्दै १६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। ३ ओभर बलिङ गरेको बुमराहले १ मेडन राख्दै ७ रन मात्र खर्चेर ३ विकेट झारे। मिचे जोनसनले २ तथा लाथिस मिलगाले १ विकेट लिए।
१०८ रनको लक्ष्य मुम्बईले १४.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। मुम्बईका लागि क्रनल पाण्ड्याले सर्वाधिक ४५ रन बनाए। ३० बल खेलेका पाण्ड्याले ८ चौकाको मद्दतमा नटआउट ४५ रन बनाए। कप्ता रोहित शर्माले २६ रनको योगदान गरे। कोलकताका पियुष चावलाले २ तथा उमेश यादव र नाथन कल्टर नाइलले समान १ विकेट लिए।