
भक्तपुरः भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा नेकपा एमालेको समूह नै विजयी भएको छ ।
वडा अध्यक्षमा किरण थापा एक हजार ५४८ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी विनोद भट्टराईले ६९१ मत प्राप्त गरेका छन् ।
त्यसैगरी महिला सदस्य तारा बस्नेत, दलित महिला सदस्यमा शान्ता विक, सदस्यमा अजय तामाङ र धर्मराज बस्नेत विजयी भएका छन्।
रासस