
राजविराजः पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको मोहुली पुलमा मोटरसाइकल दुर्घटना हुँदा एकजना म्यादी प्रहरीको मृत्यु भएको छ ।
दुर्घटनामा म्यादी प्रहरी सप्तरीको कृष्ण सबरण गाउँपालिका– ३ का २६ वर्षीय मीननारायण चौधरीको मृत्यु भएको हो।
पश्चिमबाट पूर्व गइरहेको ना ३३ प ४१२२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई मोहली पुलमा ठोक्किएको थियो । रासस