PahiloPost

May 20, 2025 | ७ जेठ २०८२

१०० स्थानीय तहमा कांग्रेसको कब्जा



पहिलोपोस्ट

१०० स्थानीय तहमा कांग्रेसको कब्जा

काठमाडौं : स्थानीय तह निर्वाचनको पहिलो इनिङ्समा नेपाली कांग्रेसले शतक मारेको छ। पहिलो चरणमा ३४ जिल्लाका २८३ स्थानीय तहमा भएको निर्वाचनमा कांग्रेसले सय तहमा जित हासिल गर्दै शतक पूरा गरेको हो। 

नेकपा एमालले यसअघि नै सय पार गरिसकेको छ। 

पहिलो चरणको निर्वाचनमा एमालेलाई पच्छ्याइरहेको कांग्रेसले भने भर्खरै मात्र शतक पूरा गरेको हो।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्र भने अर्धशतकको नजिक नजिकमै अल्झिएको छ। माओवादी केन्द्रले अहिलेसम्म ४६, नयाँ शक्ति नेपाल १, जनमोर्चा १, राप्रपा १, तथा स्वतन्त्र ३ स्थानमा विजयी भएका छन्।

पहिलो चरणको निर्वाचन भएका स्थान मध्ये दुई स्थानमा निर्विरोध निर्वाचित भएका थिए। भएकामध्ये एकमा कांग्रेस र एकमा एमालेका प्रतिनिधि निर्वाचित भएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell