PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

इरानको राष्ट्रपतीय निर्वाचनमा रुहानी अगाडि



रासस

इरानको राष्ट्रपतीय निर्वाचनमा रुहानी अगाडि

तेहरानः इरानमा भएको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति हसन रुहानी निकै अगाडि देखिएका छन् ।  

निर्वाचन आयोगका प्रमुखले शनिबार आधा भोट गणना गर्दासम्म रुहानी नै अगाडि देखिएका जानकारी दिएका छन् ।  

इरानको सरकारी टेलिभिजनले दुइ करोड ५९ लाख मतगणना हुँदासम्म रुहानीले एक करोड ४६ लाख मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी इब्राहिम रैसीले एक करोड एक लाख मात्रै मत प्राप्त गरेका जनाएको छ । 

मतदान गर्ने समय बढाएर मध्यरातसम्म तय गरिएकाले अप्रत्याशितरुपमा भारी मत खसेको बताइएको छ। निर्वाचनमा झन्डै चार करोड मत खसेको अधिकारीले बताएका छन्। 

चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रपति रुहानीले इरानलाई दूरदृष्टि र मध्यमार्गी विचारधाराअनुसार लैजाने प्रतिबद्धता जनाएका थिए। ६८ वर्षीय रुहानी एकजना सुधारवादी तथा मध्यमार्गी नेताका रुपमा चिनिन्छन्। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell