चितवनः चितवनको राप्ती नगरपालिकामा एमाले विजयी भएको छ । एमालेकी प्रभा बराल ११हजार ६सय १३ मत प्राप्त गरी नगरप्रमुखमा विजयी भएकी हुन् ।
बरालले कांग्रेस उम्मेदवारलाई पराजित गरेकी हुन् । कांग्रेस उम्मेदवारले ७ हजार २ सय ९२ मत प्राप्त गरेका थिए ।
त्यस्तै, उपप्रमुखमा एमालेका इमानसिंह लामा ११ हजार ८ सय ८२ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिद्वन्दी कांग्रेसका उम्मेद्वारले ७हजार ७४ मत प्राप्त गरेका थिए।