PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

साढे दुई किलो अफिमसहित तीन जना पक्राउ



रासस

साढे दुई किलो अफिमसहित तीन जना पक्राउ

बाँकेः करिब साढे दुई किलो अफिमसहित प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। 

अञ्चल प्रहरी कार्यालय नेपालगन्जले शनिबार पत्रकार सम्मेलन गरी दुई किलो ५५१ ग्राम अफिमसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ । 

पक्राउ पर्नेमा रुकुम भूमेगाउँपालिकाका अयन रोका, भागेश्वर रोका र रुकुम भूमेश्वर गाउँपालिकाका रुपेश पुन छन् । 

रा २ प ९९५४ नम्बरको मोटरसाइकलमा अफिम लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले राप्ती सोनारीबाट उनीहरुलाई पक्राउ गरेको हो।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell