
काठमाडौंः कैलालीको टीकापुर काण्डका आरोपितलाई आममाफी दिन सरकारले गरेको निर्णप्रति साझा पार्टीले आपत्ति जनाएको छ।
शनिबार विज्ञप्ति जारी गरी साझा पार्टीले टीकापुर जघन्य काण्डका दोषीलाई उन्मुक्ति दिने सरकारको निर्णयप्रति आपत्ति जनाएको हो।
विज्ञप्तीमा भनिएको छ, ‘२०७२ भदौमा कैलालीको टीकापुरमा भएको जघन्य आपराधिक घटनालाईसमेत लक्षित गरेको देखिने गरी नेपाल सरकारले यही जेठ ४ गते आरोपितहरुविरुद्धको अदालतमा विचाराधिन मुद्दा फिर्ता लिन गरेको निर्णयप्रति साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।’
उसले सरकारको यो निर्णयलाई दण्डहीनतालाई प्रश्रय दिने र विधिको शासन, मानव अधिकारका आधारभूत मूल्य९मान्यताको बर्खिलापमा भएको बताएको छ।
पार्टीले कैलाली लगायत सबै आपराधिक घटनाको निष्पक्ष जाँचबुझ गरी दोषीलाई कानुनी कारबाही गर्न र मुद्दा फिर्तासम्बन्धि निर्णय तुरुन्त फिर्ता लिन सरकारसँग आग्रह गरेको छ।