पोखराः पोखरा महानगरपालिकाको वडा नम्वर १७ को मतगणना क्रममा केही मतपत्रमा लगाइएको स्वस्तिक छापकावारेमा आशंका व्यक्त गर्दै मतगणना स्थगित गरिएको छ।
मतपत्रमा लगाएको स्वस्तिक छाप केही ठूलो भएको भन्दै विवाद उत्पन्न भएपछि मतगणना स्थगित भएको हो । वडाको १४ सय भन्दा बढी मतगणना भएपछि एमालेको सूर्य चिन्हमा शंकास्पद छाप लगाएको आशंकामा फर्जी मतपत्र भेटिएको भन्दै विवाद भएको हो ।
मतपत्रमा फरक रंग र साविकको भन्दा ठूलो आकारको छाप लगाएको ८ भन्दा बढी मतपत्र भेटिएको भन्दै कांग्रेसलगायतका अन्य पार्टीले विरोध गरेपछि मतगणना स्थगित भएको हो ।