PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

चाँगुनारायणमा मतगणना रोकियो,  मतगणनास्थलमा शिलबन्दी



रासस

चाँगुनारायणमा मतगणना रोकियो,  मतगणनास्थलमा शिलबन्दी

भक्तपुरः भक्तपुरको चाँगुनारायण नगरपालिकामा अर्को निर्णय नभएसम्मका लागि मतगणना स्थगित गर्ने गरी मतगणना स्थलमा शिलबन्दी गरिएको छ । 

आज चाँगुनारायण नगरपालिका–४ को मतगणना सम्पन्न गरेर बिहान ७ बजे मत परिणाम सार्वजनिक गर्ने तयारी गर्दा मतगणना पारदर्शी नभएको भन्दै नेपाली कांग्रेस, राप्रपा र नेमकिपाले विवाद निकालेपछि दिनभर मत परिणाम सार्वजनिक हुन सकेन । 

नेपाली कांग्रेस, नेमकिपा र राप्रपाले मतगणनामा सहभागी कर्मचारी एमाले निकट रहेको र कांग्रेस तथा नेमकिपाको मत पनि एमालेमा गाभेर मतगणना गरेको भन्दै मतपरिणाम सार्वजनिक गर्न एवम् मतगणना गर्न नदिएको राप्रपाका प्रतिनिधि राजीव लामिछानेले जानकारी दिए। 

तीनवटै दलको मतगणना स्थलमा रहेका कर्मचारी परिवर्तन गर्नुपर्ने र पुनः मतगणना गर्नुपर्ने माग राखेर अवरोध गरेको उनले बताए । 

यता, एमालेले भने चाँगुनारायण नगरपालिका–१ र २ मा मतगणना भई कांग्रेसको विजयी हुँदा कुनै विवाद ननिकालेको तर वडा नं ३ र ४ मा एमालेका उम्मेदवार विजयी भएपछि आत्तिएर विरोधमा उत्रिएको बताएको छ । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell