PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

अमेरिकी राष्ट्रपति ट्रम्प साउदी अरव भ्रमणमा



रासस

अमेरिकी राष्ट्रपति ट्रम्प साउदी अरव भ्रमणमा
फोटो श्रोतःnytimes.com

रियादः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो विदेश भ्रमण साउदी अरव भएको छ । 

पहिलो विदेश भ्रमणका रुपमा ट्रम्प शनिबार आठ दिने भ्रमणका लागि साउदी अरव पुगेका छन् । 

साउदी अरवको रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा ट्रम्पलाई रातो कर्पेटसहित स्वागत गरिएको थियो । 

ट्रम्पले आफ्नी श्रीमतीसहित राजा सल्मानलाई भेट गर्नेछन् । शनिबार बेलुका नै उनले दुई जना शक्तिशाली युवराजलाई पनि भेट गर्ने कार्यक्रम छ । उनले शीर्ष नेताहरुलाई भने आइतबार मात्रै भेट गर्ने जनाइएको छ । 

रियादको यो भ्रमणलाई इश्लामिक देशहरुसँगको अमेरिकाको सम्वन्ध सुधार्ने अवसरका रुपमा पनि लिइएको छ । रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell