
काभ्रेः काभ्रेको नमोबुद्ध नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।
एमालेका टङ्कप्रसाद शर्मा पाँच हजार ३४३ मत ल्याई विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कुनसाङ लामाले चार हजार ९६१ मत ल्याएका छन् ।
त्यस्तै उपप्रमुखमा पनि नेकपा एमालेका रामदेवी तामाङ पाँच हजार १४७ मत ल्याई विजयी भएका छन् ।
त्यसैगरी, नगरपालिकाको वडा नं ११ मा नेकपा एमालेको पूरै समूह विजयी भएको छ । वडा अध्यक्षमा कृष्णबहादुर तामाङ विजयी भएका छन्। रासस