
काठमाडौं : नेपालका समिर तामाङले अष्ट्रेलियामा भएको अल्ट्रा ट्रेलमा शनिबार पहिलो स्थान हात पारेका छन्। निर्धारित ५० किलोमिटर दूरी नेपाली सेनाका समिरले ४ घण्टा ७ मिनेट ९ सेकेन्डमा पूरा गरे।
अस्ट्रेलियाका स्टुवर्ट गिब्सन ४ घण्टा ७ मिनेट १९ सकेन्डमा दूरी पूरा गर्दै दोस्रो भए भने फ्रान्सका थिबाउट बारोनियन तेश्रो भए। बारोनियनले ४ घण्टा ८ मिनेट ३३ सेकेन्डमा दौड पूरा गरे।