PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

गोरखामा बाबुरामलाई भोट हँसिया हथौडामा!



पहिलोपोस्ट

गोरखामा बाबुरामलाई भोट हँसिया हथौडामा!
फोटो : नयाँ शक्ति पार्टीको फेसबुक पेजबाट

काठमाडौं : नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले निर्वाचन चिन्हको समस्याका कारण स्थानीय तहको पहिलो चरणको निर्वाचनमा मत प्रभावित भएको बताएका छन्।

दाङको घोराहीमा पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले गाउँमा सात वटा उम्मेद्वार उठाउनुपर्ने अवस्थामा सात फरक चिन्ह लिन नसकिने अवस्थामा संघीय समाजवादी फोरम नेपालसँग एउटै निर्वाचन चिन्हमा लड्न पुगेको बताए।

'गाउँ घरमा सात अगल-अलग चिन्हमा भोट हाल्न सम्भव थिएन, मसाल चिन्ह लिदाँ समेत चुनाव चिन्ह चिनाउन गाह्रो भयो', उनले गोर्खाको उदाहरण दिदैँ भने, 'गाउँमा बुढाखाडा बुबा आमा बस्नुहुन्छ, आमा के मा भोट हाल्ने भन्दा - भोट हाल्दा त बाबुरामलाइ हाल्ने हो भन्नुभयो। मान्छे चाँही बाबुरामको पार्टीलाइ हाल्ने भन्नुहुन्छ तर चिन्ह गोलाकार भित्रको हँसिया हथौडामा। अर्को चिन्हमा हाल्नु भएको छ।'

बाबुरामले भोट हालेको पालुङटार नगरपालिकामा समेत नयाँ शक्ति पराजित भएको थियो। पालुङटारमा नयाँ शक्ति तेश्रो भएको छ भने नेपाली कांग्रेसले मेयर जितेको छ। भट्टराईले छाडेको पार्टी नेकपा माओवादी केन्द्र भने दोश्रो हैसियतमा रहेको थियो।

उनले काठमाडौँमा नयाँ शक्तिको अपेक्षा भन्दा कम मत आउनुको कारण पनि निर्वाचन चिन्ह र संघीय समाजवादी फोरमसँगको तालमेल रहेको बताए।
 
नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालले पवित्र बज्रचार्यलाई काठमाडौँमा मेयरको उम्मेद्वार बनाएका थिए।
 
'संघीय समाजवादीसँग चिन्हमा मिल्दा उहाँहरुलाई मेयर दिनुपर्‍यो। उहाँहरुको संगठन खासै रहेनछ। हामीले मेयर दिनुपर्ने तर संगठन हाम्रो भन्दा कमजोर रहेकाले परिचालन भएन। हामीले पनि छोटो अविधमा प्रचार गर्न नसकेकाले जति भोट देखिनुपर्ने हो त्यो नदेखिएको हो', भट्टराईले भने।

उनले पत्रकारले माओवादीले धेरै सिट ल्याएकाले फर्किउँ-फर्किउँ लाग्छ भन्दै गरेको प्रश्नमा भने डिप्लोमेटिक जवाफ दिए। 'के त्यसो भए तपाँइहरुलाइ राणा शासनतिर जाउँ जस्तो लाग्छ? कांग्रेस तिर जाउँ जस्तो लाग्छ। यो त तर्कै भएन', भट्टराईले जवाफ फर्काए, 'सत्य र न्यायको पक्ष लिने कि ठूलको पक्षमा लिने?' 

उनले साझा पार्टी र विवेकशिल नेपाली दलप्रति आफ्नो पार्टीले पूर्वाग्रह नराख्ने बताए। 'अन्तत: मिलेर वैकल्पिक शक्ति निर्माण गर्छौँ', उनले भने।
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell